पढेलेखेकी माताले झारफुकको नाममा कुट्दा किशोरीको मृत्यु
-_BMzMZIz8mw.jpg)
काठमाडौँ । निरक्षर मात्र हैन, पढेलेखेका मानिसले पनि अन्धविश्वास अँगाल्दा समाजमा दुर्घटना हुने गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१० मा बस्छिन्, २२ वर्षीया सोनिया रेश्मी । स्वास्थ्य विषयमा बिए दोस्रो वर्ष अध्ययनरत सोनिया झारफुक गर्छिन् । सोनियालाई स्थानीयले ‘माता’ सम्बोधन गर्छन् । कान दुखेर सोनियाकहाँ पुगेकी १४ वर्षीया सीता ज्ञवालीलाई झारफुकको नाममा कुटपिट गरिन् । ‘सन्चो बनाउँछु’ भनेर त्रिशुल, जग र रुद्राक्षको मालाले हिर्काउँदा सीताको मृत्यु भयो ।
कक्षा ९ मा अध्ययनरत सीताको हत्या आरोपमा प्रहरीले ‘माता’ लाई पक्राउ गरेको छ । फागुन २० मा कुटपिटबाट सीताको मृत्यु भएको अनुसन्धानबाट थाहा भएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनीले रातोपाटीलाई बताए । मृत्युपछि त्यसैरात किशोरीको दाहसंस्कार गरिएको छ । झारफुक गर्ने नाममा माताले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको थियो । भिडियो फुटेजका आधारमा अनुसन्धान गर्दा हत्याको पोल खुलेको इन्सपेक्टर मरासिनीले जानकारी दिए ।
प्रहरीले कुटपिटमा प्रयोग गरिएको त्रिशुल, जग र रुद्राक्षको माला बरामद गरेको छ । अस्पतालको औषधि खाँदा कानको दुःखाई निको नभएपछि परिवारले किशोरीलाई माताकोमा लगेका हुन् । आरोपी रेश्मीलाई इलाका प्रहरी कार्यालय सालझण्डीको हिरासतमा राखेर प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा र मुख्यसचिवको फरक–फरक धारणाले गिजोलियो कर्मचारी विधेयक
-
‘सगरमाथा संवाद’ कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ : प्रभु साह
-
महिमानसिंह विष्टलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयाे, शुक्रबार पेसी
-
कर्णालीका मुख्यमन्त्री भन्छन्- बिमा कम्पनी सहर केन्द्रित भए,गाउँ बस्तीमा विस्तार गर्नुहोस्
-
चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त