पढेलेखेकी माताले झारफुकको नाममा कुट्दा किशोरीको मृत्यु
काठमाडौँ । निरक्षर मात्र हैन, पढेलेखेका मानिसले पनि अन्धविश्वास अँगाल्दा समाजमा दुर्घटना हुने गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१० मा बस्छिन्, २२ वर्षीया सोनिया रेश्मी । स्वास्थ्य विषयमा बिए दोस्रो वर्ष अध्ययनरत सोनिया झारफुक गर्छिन् । सोनियालाई स्थानीयले ‘माता’ सम्बोधन गर्छन् । कान दुखेर सोनियाकहाँ पुगेकी १४ वर्षीया सीता ज्ञवालीलाई झारफुकको नाममा कुटपिट गरिन् । ‘सन्चो बनाउँछु’ भनेर त्रिशुल, जग र रुद्राक्षको मालाले हिर्काउँदा सीताको मृत्यु भयो ।
कक्षा ९ मा अध्ययनरत सीताको हत्या आरोपमा प्रहरीले ‘माता’ लाई पक्राउ गरेको छ । फागुन २० मा कुटपिटबाट सीताको मृत्यु भएको अनुसन्धानबाट थाहा भएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनीले रातोपाटीलाई बताए । मृत्युपछि त्यसैरात किशोरीको दाहसंस्कार गरिएको छ । झारफुक गर्ने नाममा माताले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको थियो । भिडियो फुटेजका आधारमा अनुसन्धान गर्दा हत्याको पोल खुलेको इन्सपेक्टर मरासिनीले जानकारी दिए ।
प्रहरीले कुटपिटमा प्रयोग गरिएको त्रिशुल, जग र रुद्राक्षको माला बरामद गरेको छ । अस्पतालको औषधि खाँदा कानको दुःखाई निको नभएपछि परिवारले किशोरीलाई माताकोमा लगेका हुन् । आरोपी रेश्मीलाई इलाका प्रहरी कार्यालय सालझण्डीको हिरासतमा राखेर प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण