तिलोत्तमा गोल्ड कपको २२ औं संस्करणको तयारी अन्तिम चरणमा

बुटवल । प्रतिष्ठित फुटबल प्रतियोगिता ‘तिलोत्तमा गोल्ड कप’को २२ औं संस्करण यही चैत ४ गतेदेखि बुटवलमा हुने भएको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल फुटबल सङ्घ रुपन्देहीले जनाएको छ ।
विभागीय तथा ए डिभिजन क्लबसहित अन्य प्रतिष्ठित फुटबल टिमहरूबीच हुने प्रतियोगिताको विजेताले नगद ११ लाख ११ हजार १११ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै, उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । विधागततर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख नगद प्राप्त गर्नेछ भने उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचले जनही नगद ३० हजार पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ले ११ हजार १११ रुपैयाँ नगद प्राप्त गर्ने सङ्घका रुपन्देही अध्यक्ष लोक पुनले जानकारी दिए । यो संस्करणमा करेन्ट रुपन्देही–११ सहित मनाङ मर्स्याङ्दी क्लब काठमाडौँ, नेपाल पुलिस क्लब, एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब र सुदूरपश्चिम–११ गरी ८ टिमको सहभागिता रहने जनाइएको छ ।
नेपाल फुटबल सङ्घका अध्यक्ष दिर्घबहादुर केसीले यो प्रतियोगिताले केही नयाँ प्रतिभाको पहिचानमा समेत सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन् । यस क्षेत्रकै पुरानो प्रतियोगिताको रूपमा रहेको तिलोत्तमा गोल्ड कप तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि आयोजना गर्न थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसम्मत हुन नसकेपछि जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने
-
माओवादीले विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन गर्न सबै पक्षसँग परामर्श गर्ने
-
असोज २४ गतेदेखि एमाले मधेस प्रदेश अधिवेशन, लोगो र नारा सार्वजनिक
-
राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले ‘नो भेहकल जोन’ पालना गरेकोमा मेयर बालेनले गरे खुशी व्यक्त
-
मधेसमा सुशासन कायम गर्न एमालेको सरकार बन्नुपर्छ : सचिव भट्टराई
-
टाउकोमा कालोपट्टी बाँधेर शिक्षकहरूले गरे प्रदर्शन