शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बुधबार, २४ फागुन २०७९, २० : ३०
बुधबार, २४ फागुन २०७९

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कठायत चोकमा बुधबार बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिहान ११ः०५ बजेको समयमा हेटौँडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा स्कुटर चालक नुवाकोट ककनी नगरपालिका–४ की अन्दाजी २८ वर्षीया जीना लामा र मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१८ भालुखोला बस्ने १८ वर्षीय अर्जुन भोम्जन रहेका छन् ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी लामाको चितवनको पुरानो मेडिकल कजेल भरतपुरमा उपचारका क्रममा दिउँसो २ः३० बजे मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक भोम्जनलाई उपचारका लागि हेटौँडा अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

सोही दुर्घटनामा परेर मोटरसाइकलको पछाडी सवार हेटौँडा–१८ रामधुनीका १६ वर्षीय सुजन घलान र स्कुटर पछाडी सवार बागमती–८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगर घाइते भएका छन् ।

घाइतेमध्ये घलानको हेटौँडा अस्पताल र मगरको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जनाइएको छ । उक्त घटनाबारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप