मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कठायत चोकमा बुधबार बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बिहान ११ः०५ बजेको समयमा हेटौँडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मृत्यु हुनेमा स्कुटर चालक नुवाकोट ककनी नगरपालिका–४ की अन्दाजी २८ वर्षीया जीना लामा र मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१८ भालुखोला बस्ने १८ वर्षीय अर्जुन भोम्जन रहेका छन् ।
प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी लामाको चितवनको पुरानो मेडिकल कजेल भरतपुरमा उपचारका क्रममा दिउँसो २ः३० बजे मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक भोम्जनलाई उपचारका लागि हेटौँडा अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
सोही दुर्घटनामा परेर मोटरसाइकलको पछाडी सवार हेटौँडा–१८ रामधुनीका १६ वर्षीय सुजन घलान र स्कुटर पछाडी सवार बागमती–८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगर घाइते भएका छन् ।
घाइतेमध्ये घलानको हेटौँडा अस्पताल र मगरको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जनाइएको छ । उक्त घटनाबारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण