शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाललाई समवेदना दिन अध्यक्ष ओली शङ्खमूलमा

बुधबार, २४ फागुन २०७९, २० : ४२
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समवेदना दिएका छन् ।

आज बुधबार दिउँसो शङ्खमूलस्थित किरियापुत्री भवनमा पुगेर अध्यक्ष ओलीले नेपाललाई भेटेरै समवेदना दिनुभएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । अध्यक्ष नेपालका भाइ तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको शनिबार भएको दुःखद् निधनमा अध्यक्ष ओली समवेदना दिन त्यहाँ पुगेका थिए ।

शङ्खमूलस्थित बबिन्स क्याफेको छैटौँ तलाबाट खसेर गम्भीर घाइते भएका उपाध्यायको उपचारका क्रममा शनिबार निधन भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप