अन्तर्राष्ट्रिय नारी दिवस : दोलखामा पञ्चेबाजा सहितको र्याली प्रदर्शन
दोलखा। दोलखामा बुधबार विभिन्न कार्यक्रम गरी ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । दोलखाको सदरमुकाम चरिकोटमा ‘लैङगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार’ भन्ने मुल नाराका साथ ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको हो ।
दिवसको अवसरमा भिमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरले महिलालाई अवसरबाट वञ्चित गराउनु र उनीहरुलाई विभेद गर्नु संकिर्णता र पुरातन सोचको उपज भएको बताए । उनले महिला पुरुष दुबैलाई सामाजिक,आर्थिक,सांस्कृतिक र राजनैतिक सबै क्षेत्रमा समान अवसर र अधिकार प्रदान गर्नु पर्ने बताए ।
त्यसैगरी कार्यक्रममा महिला अधिकारकर्मि एवं आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्कीले अपाङ्गता भएका बालिकाहरु हिंसा,बलात्कार र दुव्र्यवहारको सिकार भइरहेको बताउँदै समाज विकृत बनेकोमा दुख व्यक्त गरिन् । दिवसको अवसरमा भिमेश्वर नगरपालिकाका वडा नम्बर ५ का महिलाहरुद्धारा पन्चेबाजा र जिल्लाका महिलाहरुको सहभागितामा सातदोबाटो देखि भिमेश्वर नगरपालिकाको भवनसम्म बृहत र्याली आयोजना गरिएको थियो ।
कार्यक्रममा दोलखाका वरिष्ठ प्रहरी नायब निरिक्षक पुष्पा विष्ट, भिमेश्वर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सुर्जा दाहाल र महिला अधिकारकर्मी एवं पूर्व कार्यापालिका सदस्य रुपा शाही भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण