विश्वकप लिग २ : आज नेपाल पपुवा न्युगिनीसँग भिड्दै
बिहीबार, २५ फागुन २०७९, ०७ : १९
काठमाडौँ। आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिभुवन विश्वविद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पपुवान्युगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालसँग लगातार दुई खेल हारेर पीएनजी कीर्तिपुर क्रिकेट मैदानमा उत्रँदै छ।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अङ्कका साथ पाँचौँ स्थानमा छ । नेपालले अब दुई खेल जिते ३६ अङ्क हुनेछ । दुई जित भए शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ । सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अङ्क छ।
बिहीबार देखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको क्यानले युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेललाई भने टिममा फर्काएको छ । तर, अन्य खेलाडी कुनै परिवर्तन गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण