बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पीएसजीलाई हराउँदै बायर्न क्वाटरफाइनलमा

बिहीबार, २५ फागुन २०७९, १७ : ००
बिहीबार, २५ फागुन २०७९

जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बायर्नले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बायर्नले समग्रमा ३–० को नतिजा निकालेको हो । पहिलो लेगमा बायर्नले १–० गोलको जित निकालेको हो । बायर्नको घरेलु मैदान टिमलाई जित दिलाउन एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे ।  खेलको ६१ औं मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए ।

खेलको ८९ औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बायर्नलाई २–० को जित दिलाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप