बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

एसी मिलान ११ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

बिहीबार, २५ फागुन २०७९, १७ : ३५
बिहीबार, २५ फागुन २०७९

इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो खेलमा टोटेनहमसँग गोलरहित बराबरी खेल्दै मिलान क्वाटरफाइनलमा पुगेको हो ।

मिलान ११ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । मिलान अन्तिम पटक सन् २०११–१२ को सिजनमा क्वाटरफाइनलमा पुगेको थियो ।

मिलानले पहिलो लेगमा १–० को जित निकालेको थियो । प्रिमियर लिग क्लब टोटेनहम खेलको ७७ औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो । क्रिस्टियन रोमेरो दोहोरो पहेलो कार्ड खाँदै बाहिरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप