ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र जावलाखेलबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । एनआरटी पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा एनआरटीलाई सातदोबाटो युथ क्लवले हराएको थियो । जावलाखेलले भने पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबलाई हराएको थियो ।
च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र मछिन्द्रबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । आर्मी पहिलो जितको योजनामा रहेको छ । आर्मीले पहिलो खेलमा संकटा क्लबसँग बराबरी खेलेको थियो ।
मच्छिन्द्र भने पहिलो अङ्कको खोजीमा रहेको छ । मछिन्द्रलाई पहिलो खेलमा जावलाखेलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको गभर्नरमा मेरो तर्फबाट कोही पनि उम्मेदवार छैन : प्रधानमन्त्री ओली
-
मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय माग
-
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने तयारी
-
विद्यार्थीहरूलाई गाडीमा अनिवार्य छुट दिन स्ववियु अमृत क्याम्पसको माग
-
देशभरका ६ महानगरमध्ये सबैभन्दा कम बेरुजु विराटनगरमा
-
‘ऊनको स्वीटर’ का दर्शक भेट्न हल पुगे विपिन