ए डिभिजन लिग : आज दुई खेल हुँदै
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र जावलाखेलबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । एनआरटी पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा एनआरटीलाई सातदोबाटो युथ क्लवले हराएको थियो । जावलाखेलले भने पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबलाई हराएको थियो ।
च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र मछिन्द्रबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । आर्मी पहिलो जितको योजनामा रहेको छ । आर्मीले पहिलो खेलमा संकटा क्लबसँग बराबरी खेलेको थियो ।
मच्छिन्द्र भने पहिलो अङ्कको खोजीमा रहेको छ । मछिन्द्रलाई पहिलो खेलमा जावलाखेलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण