बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एकदिवसीय क्रिकेटमा आसिफको पहिलो शतक

बिहीबार, २५ फागुन २०७९, ११ : ५१
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालका आसिफ शेखले शतक पूरा गरेका छन् । 

कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफले ३५ ओभरको अन्तिम बलमा शतक पूरा गरे । 

आसिफले १०१ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे  । आसिफ नेपालका लागि एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी पनि बनेका छन् । 

उनले ३२ इनिङ्समा एक हजार रन पूरा गरेका हुन् ।  आसिफको शतकसँगै नेपालले ३५ ओभरमा ३ विकेट गुमाएर १८६ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप