बेलबारीमा एक पुरुषले गरे श्रीमतीको हत्या
बिहीबार, २५ फागुन २०७९, १५ : ०२
विराटनगर । मोरङको बेलबारीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बेलबारी १ नक्सालवारिका ५७ को हेमकर्ण महतले श्रीमती देवी महतलाई धारिलो हतियारले काटेर मारेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख उदय राणाले बताए ।
बिहीबार दिउँसो १२ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहार गर्दा टाउको तथा हातमा चोट देखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । हेमकर्णका दुई श्रीमती थिए । देवी भने जेठी हुन् । कान्छी श्रीमती भने छुटै विराटचोकमा बस्ने गरेकी थिइन् ।
हेम कर्ण र देवीको बेलबारीमै मासु पसल समेत रहेको छ । उनले मासु काट्ने दाउले प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान रहको छ । श्रीमान् भने फरार रहेको र खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण