शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलबारीमा एक पुरुषले गरे श्रीमतीको हत्या

बिहीबार, २५ फागुन २०७९, १५ : ०२
बिहीबार, २५ फागुन २०७९

विराटनगर । मोरङको बेलबारीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  बेलबारी १ नक्सालवारिका ५७ को हेमकर्ण महतले  श्रीमती देवी महतलाई धारिलो हतियारले काटेर मारेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख उदय  राणाले बताए ।

बिहीबार दिउँसो  १२  बजेतिर हत्या भएको प्रहरीले जनाएको छ ।  धारिलो हतियार प्रहार गर्दा टाउको तथा हातमा चोट देखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।  हेमकर्णका दुई श्रीमती थिए । देवी भने जेठी हुन् । कान्छी श्रीमती भने छुटै विराटचोकमा बस्ने गरेकी थिइन् ।

हेम कर्ण र देवीको बेलबारीमै मासु पसल समेत रहेको छ । उनले मासु काट्ने दाउले प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान रहको छ । श्रीमान् भने फरार रहेको  र खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप