हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुने
जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लामा वैशाखदेखि शैक्षिकसत्र सुरु गर्ने प्रस्ताव गरेको थियो ।
प्रस्ताव अनुसार शैक्षिक सत्र सञ्चालन गर्न गत माघ १५ गते नै शिक्षा विकास निर्देशनालयले परिपत्र गरेको शिक्षा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले जानकारी दिए ।
“सो परिपत्रअनुसार फागुन १७ गते बसेको जिल्लाका आठवटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको बैठकले वैशाखदेखि नयाँ शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय भएको छ”, उनले भने । उक्त निर्णयमा स्थानीय तहका सबै शिक्षा शाखा प्रमुखले सहमतिसमेत जनाएका छन् ।
यसअघि हिमाली जिल्लामा फागुनदेखि नयाँ शैक्षिकसत्र सुरु हुने गरेको थियो । जुम्लालगायत हिमाली जिल्लाले पुस १० देखि माघ २५ सम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिकसत्र सञ्चालन गर्दै आएको थियो । जिल्लामा अब २०८० सालदेखि वैशाखमा नयाँ शैक्षिकसत्र सुरु हुने शिक्षा समन्वय इकाई जुम्लाका प्रमुख भण्डारीको भनाइ छ ।
यहाँका स्थानीय तहले फागुनदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने भने पनि पाठ्यपुस्तक १५ चैतभन्दा अगाडि नआउने देखिन्छ । संघीय सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयलाई कार्यान्वयनमा ल्याई आउने वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु गरिने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ ।
जिल्लाको केही स्थानीय तहले फागुनबाटै नयाँ शैक्षिक सत्रलाई निरन्तरता दिएका छन् । जिल्लाका स्थानीय तहले माघ २५ गतेदेखि नै विद्यालय सञ्चालनमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण