शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डविरुद्ध मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै वाइसिएल गुल्मीले बुझायो ज्ञापनपत्र

बिहीबार, २५ फागुन २०७९, १६ : ३०
बिहीबार, २५ फागुन २०७९

बुटवल । माओवादी केन्द्र निकट युवा सङ्गठन वाइसिएल नेपाल गुल्मीले बिहीबार जिल्ला प्रशासनमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालीन मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै वाइसिएलले ज्ञापनपत्र बुझाएको हो । 

सङ्गठनका गुल्मी  जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य नारायण चन्द र जिल्ला संयोजक अशोक श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अध्यक्ष प्रचण्ड विरुद्ध जनयुद्धकालीन मुद्दा दायर गर्नु षडयन्त्र भएको जनाउँदै त्यसप्रति वाईसिएल नेपालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । सो सङ्गठनले विभिन्न ५ बुँदे माग समेत अघि सारेको छ । 

विज्ञप्तिमा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन  लगायत व्यवस्था परिवर्तनका आन्दोलनहरूमा ज्यान गुमाएका योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न र तिनका परिवारलाई  सम्मानित वातावरमा बाँच्न सक्ने गरी उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिएको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले उक्त ज्ञापन पत्र नेपाल सरकारलाई पठाउने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप