सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
अख्तियारको एक्सन

ललितपुर महानगरपालिका शिक्षा अधिकृत १ लाख घुससहित पक्राउ

बिहीबार, २५ फागुन २०७९, १७ : ०५
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । ललितपुर महानगरपालिकाका  शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत घूससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई १ लाख घुससहित पक्राउ गरेको हो।  

उनले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस गरेको उजुरी अख्तियारमा परेको थियो । योपछि खटिएको टोलीले पौडेललाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । 

उनीमाथि थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप