शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायिक समिति राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौँ महानगरले सबै पालिकामा पठायो पत्र

बिहीबार, २५ फागुन २०७९, १७ : ५२
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । चैत १५ र १६ गते काठमाडौँमा आयोजना हुने ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’ मा भाग लिन काठमाडौँ महानगरपालिकाले सबै पालिकालाई निमन्त्रणा पत्र पठाएको छ। शुक्रवार उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको सम्मेलन आयोजक मूल समारोह समितिको बैठकमा अहिलेसम्म गरिएका कामका विषयमा जानकारी दिएका थिए। 

सबै पालिकालाई इमेलमार्फत निमन्त्रणा गरिसकेको र यसलाई थप प्रभावकारी बनाउन नेपाल नगरपालिका संघ र गाउँ पालिका राष्ट्रिय महासंघ मार्फत पनि निमन्त्रणा पठाएको काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बताइन्। सबै पालिकाबाट न्यायिक समितिका संयोजक उपस्थित हुन नसक्ने अवस्थामा समितिका सदस्यलाई सम्मेलनमा सहभागी हुन उनले आग्रह गरेकी छन् ।  

सम्मेलनको तयारीलाई तीव्र बनाउन कानुन तथा मानव अधिकार विभागले समय व्यवस्थापनमा ध्यान काठमाडौँ महानगरपालिकाका प्रशासकीय अधिकृत वसन्त अधिकारीले बताए। 

महानगरपालिकाको आयोजनामा हुने राष्ट्रिय सम्मेलनमा प्रस्तुति, प्रस्तुतिमाथि छलफल, विषयगत छलफलसहित काठमाडौँ घोषणा जारी हुनेछ । यससँगै न्यायिक समितिको राष्ट्रिय, प्रदेश स्तरीय र जिल्ला स्तरीय सञ्जाल निर्माण गर्ने योजना छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप