रामचन्द्र राष्ट्रपति बनेपछि मसालले भन्यो–प्रतिगमनका विरुद्धको संघर्षमा निर्णयात्मक विजय भयो
काठमाडौँ । नेकपा मसालले राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएकोमा बधाई दिएको छ । मसालले विज्ञप्तिमार्फत राष्ट्रपतिको चुनावमा उनको विजय सामान्य विषय मात्रै नभएर प्रतिगमनका विरुद्धको सङ्घर्षमा निर्णयात्मक विजय पनि भएको जनाएको छ ।
‘त्यो विजयबाट जनताको महान् आन्दोलनद्वारा प्राप्त ऐतिहासिक उपलब्धिहरू गणतन्त्र र धर्म निरपेक्षतासमेतमा महत्त्वपूर्ण मदत पुग्ने छ भन्ने आशा गरेका छौँ’, महासचिव मोहन विक्रम सिंहको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो यो स्पष्ट सोचाइ छ कि प्रतिगमनको खतरा अझै पनि गम्भीर छ । राजावादीहरूले संसद्भित्र र बाहिर गणतन्त्र र धर्म निरपेक्षतासमेतका विरुद्ध अगाडि बढाइरहेको गतिविधिबाट यो कुरामा कुनै शङ्का रहन्न । त्यो अवस्थामा गणतन्त्र र धर्म निरपेक्षतासमेतको पक्षमा भएका राजनीतिक शक्तिहरूमाझ बलियो एकताको आवश्यकता रहेको कुरामा हामीले विशेष जोड दिन्छौँ ।’
मसालले नवनिर्वाचित राष्ट्रपति पौडेलको सफल कार्यकालको कामना पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण