पाँच जना मृत अवस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा पाँच जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१२ कपन फैकाचोक डेरा गरी बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-४ घर भएका ५० वर्षीय राजेन्द्र राम चमार आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ गोपाल धर्मशाला बस्ने ५० वर्षीय शंकर राउत सोही ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी धनुषाकै गणेशमान चारनाथ नगरपालिका-६ गोदार दुर्गा मन्दिरस्थित फुलवारीमा सोही ठाउँ बस्ने ५० वर्षीय विन्देश्वर यादव बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
लमजुङको बेसिसहर नगरपालिका-९ मझुवा खोलामा बर्दिया ज्वालामुखी गाउँपालिका-६ स्यालबास घर भई बेशिसहर नगरपालिका-८ डेरा गरी बस्ने ३४ वर्षीय गोप बहादुर बिक पनि बिहीबार मृत अवस्थामा फेला परेका छन् । गत सोमबारदेखि घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा ऊक्त खोलामा शव फेला परेको हो ।
यसैगरी नुवाकोटको उत्तरगया गाउँपालिका-५ बस्ने आईतराम तामाङकी छोरी १७ वर्षीया अस्मिता तामाङ बिदुर नगरपालिका-७ तुप्चेस्थित त्रिशुली खोलामा बिहीबार मृत अवस्थामा फेल परेकी छिन् । गत सोमबारदेखि घरबाट हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण