मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

पाँच जना मृत अवस्थामा फेला

शुक्रबार, २६ फागुन २०७९, १२ : ५५
शुक्रबार, २६ फागुन २०७९

काठमाडौं । विभिन्न स्थानमा पाँच जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१२ कपन फैकाचोक डेरा गरी बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-४ घर भएका ५० वर्षीय राजेन्द्र राम चमार आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।  

यसैगरी धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ गोपाल धर्मशाला बस्ने ५० वर्षीय शंकर राउत सोही ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।      यसैगरी धनुषाकै गणेशमान चारनाथ नगरपालिका-६ गोदार दुर्गा मन्दिरस्थित फुलवारीमा सोही ठाउँ बस्ने ५० वर्षीय विन्देश्वर यादव बिहीबार मृत अवस्थामा फेला परेका छन् । 
    
लमजुङको बेसिसहर नगरपालिका-९ मझुवा खोलामा बर्दिया ज्वालामुखी गाउँपालिका-६ स्यालबास घर भई बेशिसहर नगरपालिका-८  डेरा गरी बस्ने ३४ वर्षीय गोप बहादुर बिक पनि बिहीबार मृत अवस्थामा फेला परेका छन् । गत सोमबारदेखि घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा ऊक्त खोलामा शव फेला परेको हो । 
यसैगरी नुवाकोटको उत्तरगया गाउँपालिका-५ बस्ने आईतराम तामाङकी छोरी १७ वर्षीया अस्मिता तामाङ बिदुर नगरपालिका-७ तुप्चेस्थित त्रिशुली खोलामा बिहीबार मृत अवस्थामा फेल परेकी छिन् । गत सोमबारदेखि घरबाट हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप