टर्की र सिरियाका भूकम्पपीडितलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग
एजेन्सी । टर्की र सिरियाका भूकम्प पीडितहरुलाई संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरुले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले सो कुराको जानकारी दिएका छन् । ती प्रवक्ताले गत महिना टर्की र सिरियामा गएको भूकम्पका पीडितलाई निरन्तर रुपमा सहयोग उपलब्ध गराएका जनाएका छन् ।
सिरियामा भूकम्पबाट ८० लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ । यहाँका नागरिकमा आवश्यक खाद्यान्न र पानीको पनि समस्या परेको छ ।सफा पिउने पानीको अभावमा यहाँका कतिपय स्थानमा हैजाको प्रकोप फैलिने त्रास रहेकाले ती स्थानहरुमा पछिल्ला केही समययता स्वास्थ्य सामग्री र औषधि पनि वितरण गरिएको छ ।
ती प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसंघका विशिष्टिकृत एजेन्सीहरुले औषधि, खद्यान्नको प्रबन्ध गरेका छन् । हैजाको प्रकोप फैलिन सक्ने सम्भावित स्थानहरुमा ती एजेन्सीहरुको सहयोगमा हैजा विरुद्धको खोप आदिको पनि व्यवस्था गरिएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सी, विश्व स्वास्थ्य संगठन, विश्व खाद्य कार्यक्रम आदिले सिरिया र टर्कीका भूकम्प प्रभावितहरुका लागि काम गरिरहेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण