टर्की र सिरियाका भूकम्पपीडितलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग
एजेन्सी । टर्की र सिरियाका भूकम्प पीडितहरुलाई संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरुले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले सो कुराको जानकारी दिएका छन् । ती प्रवक्ताले गत महिना टर्की र सिरियामा गएको भूकम्पका पीडितलाई निरन्तर रुपमा सहयोग उपलब्ध गराएका जनाएका छन् ।
सिरियामा भूकम्पबाट ८० लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ । यहाँका नागरिकमा आवश्यक खाद्यान्न र पानीको पनि समस्या परेको छ ।सफा पिउने पानीको अभावमा यहाँका कतिपय स्थानमा हैजाको प्रकोप फैलिने त्रास रहेकाले ती स्थानहरुमा पछिल्ला केही समययता स्वास्थ्य सामग्री र औषधि पनि वितरण गरिएको छ ।
ती प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसंघका विशिष्टिकृत एजेन्सीहरुले औषधि, खद्यान्नको प्रबन्ध गरेका छन् । हैजाको प्रकोप फैलिन सक्ने सम्भावित स्थानहरुमा ती एजेन्सीहरुको सहयोगमा हैजा विरुद्धको खोप आदिको पनि व्यवस्था गरिएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सी, विश्व स्वास्थ्य संगठन, विश्व खाद्य कार्यक्रम आदिले सिरिया र टर्कीका भूकम्प प्रभावितहरुका लागि काम गरिरहेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी सम्मेलनले देशमा दिगो लगानी बढाउन मद्दत गर्छ : हाना सिङ्गर
-
चेन्नईसामु हैदराबाद नतमस्तक
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : चट्याङसहित हल्का वर्षाको सम्भावना
-
इलाममा फराकिलो अग्रता बनाउँदै सुहाङ, मुढा पनि पछ्याउँदै
-
इलाम र बझाङ उपनिर्वाचनको मध्यरातको मतपरिणाम : कसको कति मत ?
-
बझाङको ताजा मतपरिणाम : एमालेका उम्मेदवार थोरै मतान्तरले अगाडि