‘ब्याक डेट’मा २१ जना इन्स्पेक्टरको काज सरुवा

काठमाडौँ । प्रहरीमा काज सरुवाको ‘बेथिति’ मौलाएको छ । प्रहरी प्रधान कार्यालयले १३९ जना प्रहरी निरीक्षकको काज सरुवा गरेको दशौं दिनमा पुनः २१ जना इन्स्पेक्टरको काज निकालेको छ ।
आईजीपी धिरज प्रताप सिंहको निर्णय अनुसार कर्मचारी प्रशासन शाखाका एसपी बेल बहादुर पाण्डेले काज निकालेका हुन् ।
फागुन १६ मा प्रधान कार्यालयले १३९ जनाको काज सरुवा सूची प्रकाशन गरेको थियो । सो काज भएको दशौं दिनमा फेरी २१ जनाको काज निकालिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसंहिताका कारण प्रहरी प्रधान कार्यालयले पुरानै मिति ‘ब्याक डेट’मा इन्स्पेक्टरहरुको काज गरेको छ । रातोपाटीलाई प्राप्त सुचीअनुसार शुक्रबार गरिएको काज निर्णयको पत्रमा फागुन १६ गतेको मिति उल्लेख गरिएको छ ।
पुरानो मितिमा इन्स्पेक्टर दिपक केसीलाई वडा प्रहरी कार्यालय चितवनबाट गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा सरुवा गरिएको छ । वृत्त लैनचौरमा कार्यरत लोक बहादुर विष्टको काज रद्ध गरिएको छ । यसअघि विष्टलाई वडा प्रहरी कार्यालय (क) महेन्द्रनगर कञ्चनपुरमा काज सरुवा गरिएको थियो ।
इन्स्पेक्टर देवेन्द्र सिंह बुढाथोकीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत, विजय कार्कीलाई इलाका प्रहरी कार्यालय गौरिगंज झापा, कृष्ण रानामगरलाई इलाका प्रहरी कार्यालय गणेशपुर कपिलवस्तुमा सरुवा गरिएको छ । प्रविण कार्कीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा सरुवा गरिएको ।
राजन रायमाझीलाई इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेमा सरुवा गरिएको छ । ईप्रका खुर्कोटमा सविता केसी, बसन्त आचार्यलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र सालिकराम तिमिल्सिनालाई वडा प्रहरी कार्यालय बगर, कास्कीमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठुलो व्यापार सम्झौताको घोषणा गर्ने ट्रम्पको तयारी
-
तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते
-
सर्लाहीमा भारतीय नागरिकबाट नक्कली नोट बरामद
-
महाधिवेशनको चटारोमा युवा संघ र अनेरास्ववियु, ओलीको ‘ग्रीन सिग्नल’ पर्खिंदै आकाङ्क्षी
-
भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै