‘ब्याक डेट’मा २१ जना इन्स्पेक्टरको काज सरुवा
काठमाडौँ । प्रहरीमा काज सरुवाको ‘बेथिति’ मौलाएको छ । प्रहरी प्रधान कार्यालयले १३९ जना प्रहरी निरीक्षकको काज सरुवा गरेको दशौं दिनमा पुनः २१ जना इन्स्पेक्टरको काज निकालेको छ ।
आईजीपी धिरज प्रताप सिंहको निर्णय अनुसार कर्मचारी प्रशासन शाखाका एसपी बेल बहादुर पाण्डेले काज निकालेका हुन् ।
फागुन १६ मा प्रधान कार्यालयले १३९ जनाको काज सरुवा सूची प्रकाशन गरेको थियो । सो काज भएको दशौं दिनमा फेरी २१ जनाको काज निकालिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसंहिताका कारण प्रहरी प्रधान कार्यालयले पुरानै मिति ‘ब्याक डेट’मा इन्स्पेक्टरहरुको काज गरेको छ । रातोपाटीलाई प्राप्त सुचीअनुसार शुक्रबार गरिएको काज निर्णयको पत्रमा फागुन १६ गतेको मिति उल्लेख गरिएको छ ।
पुरानो मितिमा इन्स्पेक्टर दिपक केसीलाई वडा प्रहरी कार्यालय चितवनबाट गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा सरुवा गरिएको छ । वृत्त लैनचौरमा कार्यरत लोक बहादुर विष्टको काज रद्ध गरिएको छ । यसअघि विष्टलाई वडा प्रहरी कार्यालय (क) महेन्द्रनगर कञ्चनपुरमा काज सरुवा गरिएको थियो ।
इन्स्पेक्टर देवेन्द्र सिंह बुढाथोकीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत, विजय कार्कीलाई इलाका प्रहरी कार्यालय गौरिगंज झापा, कृष्ण रानामगरलाई इलाका प्रहरी कार्यालय गणेशपुर कपिलवस्तुमा सरुवा गरिएको छ । प्रविण कार्कीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा सरुवा गरिएको ।
राजन रायमाझीलाई इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेमा सरुवा गरिएको छ । ईप्रका खुर्कोटमा सविता केसी, बसन्त आचार्यलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र सालिकराम तिमिल्सिनालाई वडा प्रहरी कार्यालय बगर, कास्कीमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण