विकासमा प्रतिस्पर्धा गर्न कांग्रेस–माओवादीलाई चुनौती
जुम्ला । नेकपा (एमाले) का केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले विकास निर्माणका काममा प्रतिस्पर्धा गर्न कांग्रेस र माओवादीलाई चुनौती दिएका छन् । मिसन ग्रासरुट अन्तर्गत जुम्लाको तातोपानी–४, हाकुमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिजालले भने, ‘हिम्मत छ भने हामीसँग विकास निर्माणका एजेन्डामा प्रतिस्पर्धा गर्नूस् । हामीले अघि सारेका विकास र समृद्धिलाई पछि पार्ने गरी कुनै कार्यक्रम ल्याउनूस्, त्यसपछि हामी पनि मानौँला ।’
आफ्नो पार्टी सरकारमा हुँदा गाउँगाउँमा पठाउन थालेको बजेटकै निरन्तर गाउँमा रकम आउन थालेको र अहिले गाउँगाउँमा सिंहदबारको अवधारणा अघि बढेको चर्चा गर्दै केन्द्रीय सदस्य रिजालले भने, ‘गाउँलाई प्राथमिकता दिने, पिछडिएको क्षेत्रलाई मूल प्रवाहमा समावेश गर्ने वातावरण बनाउने, सबै क्षेत्रको समुचित विकासका लागि कदम चाल्ने र जनतालाई मजबुत बनाउने पार्टी एमाले मात्र हो ।’
नेपाल र नेपालीलाई बलियो बनाउन लागेकोमा चिन्तित भएका शक्तिहरुले एमालेलाई कमजोर बनाउन घेराबन्दी गरेको उल्लेख गर्दै उनले यसमा धेरै चिन्ता नभएको बताए । ‘किनभने, एमालेलाई जनताको समर्थन छ, हामीसँग विशाल कार्यकर्ता पंक्ति छ । यसैको बलमा हामी आगामी निर्वाचनबाट शानदार बहुमतका साथ सत्तामा पुग्नेछौँ । हामीलाई कुनै विदेशीले दिएको कलो खानु छैन, बरु भोकै बस्छौँ’, रिजालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण