जसपाले बोलायो कार्यकारिणी समितिको बैठक
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बोलाएको छ । आज ११ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
उपराष्ट्रपतिमा उम्मेदवारीलगायत अन्य समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा दश दलको बैठक बसिरहेको छ । सो बैठकपछि जसपा कार्यकारिणी समितिको बैठक बस्नेछ ।
जसपाले पार्टीका प्रतिनिधि सभा सदस्य एवं कार्यकारिणी सदस्य रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरिसकेको छ । तर निर्वाचन आयोगको दुई थरी कुराले फरक लिङ्गलाई उम्मेदवार बनाउने कि फरक समुदायबाट उम्मेदवार बनाउने त्यस विषयमा दलहरूको बीचमा विवाद उत्पन्न भएको छ ।
सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले पनि आफ्नो पार्टीका केन्द्रीय सदस्य ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । तर चार दल (नेपाली कांग्रेस, माओवादी, नेकपा (एस) र जसपा) बीच जसपालाई उपराष्ट्रपति दिने सहमति यसअघि नै भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण