शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लिजेन्ड्स क्रिकेट लिगमा पारसको टोलीको जित

शनिबार, २७ फागुन २०७९, १० : १७
शनिबार, २७ फागुन २०७९

काठमाडौँ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आवद्ध टोली एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगको पहिलो खेलमा जित निकालेको छ । 

शुक्रबार भएको खेलमा लायन्सले इन्डिया महाराजसलाई ९ रनले हराएको हो । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा लायन्सले जितको लागि दिएको १६६ रनको लक्ष्य पछ्याएको इन्डियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १५६ रन बनायो ।

इन्डियाका लागि भारतका पूर्व कप्तान गौतम गम्भीरले ५२ रनको अर्धशतकीय पारी खेले । मुरली विजय २५ र सुरेश रैना ३ रनमा आउट भए । एसियाका सोहेल तनविरले ३ विकेट लिए । अब्दुल रजाक, इसुरु उडाना, तिलकरत्ने दिलशान र थिसेरा परेराले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।

एसियाका मिस्बाह उल हकले ७३ रनको अर्धशतकीय पारी खेलेका थिए । नेपालका पूर्व कप्तान पारस खड्का भने २ बलमा ३ रन हान्दै अविजित रहे ।

उपुल थरंगाले ४० रन बनाए ।  इन्डिनका लागि प्रविन्दर अवाना र स्टुअर्ट बिन्नीले दुई–दुई विकेट लिए । इफरान पठान र अशोक डिन्डाले एक एक विकेट लिए ।

एसिया लायन्सले अव वल्र्ड जायन्ट्ससँग सोमबार खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप