लिजेन्ड्स क्रिकेट लिगमा पारसको टोलीको जित
काठमाडौँ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आवद्ध टोली एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगको पहिलो खेलमा जित निकालेको छ ।
शुक्रबार भएको खेलमा लायन्सले इन्डिया महाराजसलाई ९ रनले हराएको हो । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा लायन्सले जितको लागि दिएको १६६ रनको लक्ष्य पछ्याएको इन्डियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १५६ रन बनायो ।
इन्डियाका लागि भारतका पूर्व कप्तान गौतम गम्भीरले ५२ रनको अर्धशतकीय पारी खेले । मुरली विजय २५ र सुरेश रैना ३ रनमा आउट भए । एसियाका सोहेल तनविरले ३ विकेट लिए । अब्दुल रजाक, इसुरु उडाना, तिलकरत्ने दिलशान र थिसेरा परेराले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।
एसियाका मिस्बाह उल हकले ७३ रनको अर्धशतकीय पारी खेलेका थिए । नेपालका पूर्व कप्तान पारस खड्का भने २ बलमा ३ रन हान्दै अविजित रहे ।
उपुल थरंगाले ४० रन बनाए । इन्डिनका लागि प्रविन्दर अवाना र स्टुअर्ट बिन्नीले दुई–दुई विकेट लिए । इफरान पठान र अशोक डिन्डाले एक एक विकेट लिए ।
एसिया लायन्सले अव वल्र्ड जायन्ट्ससँग सोमबार खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण