१० दलमा उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुटेन

काठमाडौँ । सत्तारुढ १० दलको बैठकले उपराष्ट्रपतिमा साझा उम्मेदवार बनाउने विषयमा सहमति जुटाउन असमर्थ भएको छ । शनिबार बिहान बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भएपनि कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिएका हुन् ।
सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको राउतले बताए । राउतका अनुसार जनमतले एकजना र जसपाले दुईजना उम्मेदवारको मनोनयन दर्ता गराउने तयारी भएको छ ।
‘निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवार महिला ने हुनुपर्ने निर्णय गरेपछि हामीबीच सकेसम्म महिला नै उठाउनेबारे छलफल भएको छ । यसमा रिस्क नलिने दलहरुबीच कुरा भएको हो । किनभने आयोगले संविधानको धारा ३८ (४) लाई कोट नै गरेको छ । जसमा महिलालाई पनि समावेशी समानुपातिक गर्नुपर्ने भनेको छ । त्यही भएर राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला नै बनाउने जिम्मेवारी हुन्छ ।’
राउतले जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको बताउँदै उनले नै उम्मेदवारी दर्ता गराउने बताए । जसपाले भने पुरुष र महिला गरी दुई जनाको आज उम्मेदवारी दर्ता गर्ने तयारी गरेको उनले जानकारी दिए । यसबारे भोलिसम्म सहमति जुटाएर एक जना साझा उम्मेदवार बनाइने उनको भनाई थियो ।
उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिन जसपाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक पार्टी मुख्यालयमा बस्ने छ । चार दल (नेपाली कांग्रेस, माओवादी, नेकपा (एस) र जसपा) बीच जसपालाई उपराष्ट्रपति दिने सहमति यसअघि नै भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर