बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
उपराष्ट्रपति निर्वाचन

अष्टलक्ष्मी शाक्यद्वारा उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता

शनिबार, २७ फागुन २०७९, १२ : ४९
शनिबार, २७ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले राष्ट्रपतिको पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय अनुसार शाक्यले उम्मेदवारी गराएकी हुन् ।

शाक्यको प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छवि लाल विश्वकर्मा गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन् । त्यस्तै, समर्थकमा महेश बर्तौला, कृष्णगोपाल श्रेष्ठ, यशोदा रिमाल, तुलसा दाहाल र भगवती न्यौपाने रहेका छन् ।

asta laxmi shakya vp (8)

मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।

asta laxmi shakya vp (1)asta laxmi shakya vp (2)asta laxmi shakya vp (3)asta laxmi shakya vp (4)asta laxmi shakya vp (5)asta laxmi shakya vp (6)asta laxmi shakya vp (7)asta laxmi shakya vp (9)asta laxmi shakya vp (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप