उपराष्ट्रपति निर्वाचन
जसपाबाट उपराष्ट्रपतिमा प्रमिला यादवकाे पनि उम्मेदवारी दर्ता
शनिबार, २७ फागुन २०७९, १० : ००
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी नेतृ प्रमिला यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय बानेश्वर पुगेर यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । यादवको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् भने समर्थकमा अनिता देवकोटा, सीता गुरूङ, वीरेन्द्र महतो, मनिस सुमन र सुशिला श्रेष्ठ रहेका छन् ।
यादवको बारेमा जसपाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने कुनै औपचारिक निर्णय भने गरेको छैन । जसपाले यसअघि नै बारा २ बाट प्रतिनिधिसभा सदस्य जितेका रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रमिलासँगै रासहाय यादवको पनि उम्मेदवारी परिसकेको छ । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_KgKyv9wCJe.jpg)
_006cpvDgtI.jpg)
_PCuMXPu1gt.jpg)
_TaGoUnG5at.jpg)
_caXVHvkomX.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण