एक उपराष्ट्रपति पदमा ४ जनाको उम्मेदवारी दर्ता
काठमाडौँ । उपराष्ट्रपति पदमा सत्ता गठबन्धनबाट तीन र एमालेबाट एक गरी चार जनाको उम्मेदवारी परेको छ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि शनिबार चार जनाको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ता गर्नेहरुमा सत्ता गठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला यादव तथा जनमत पार्टीकी ममता झा छन् । त्यसैगरी एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन् ।
सत्ता गठबन्धनले उपराष्ट्रपतिका लागि साझा उम्मेदवार तय गर्ने भनेपनि सहमति जुट्न नससक्दा तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् । शनिबार बिहान बालुवाटारमा साझा उम्मेदवार तय गर्न बसेको बैठकमा सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनबाटै तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् । यद्यपि उनीहरुले एक जनामा सहमति खोज्ने र दुई जनाको उम्मेदवारी फिर्ता गर्न सकिने बताएका छन् ।
यसअघि निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न दलहरुलाई आग्रह गरेको थियो । तर आयोगको सुझावलाई बेवास्ता गर्दै पुरुषको समेत उम्मेदवारी गरेका हुन् । आयोगले राष्ट्रपतिमा खसआर्य समूहबाट पुरुष रामचन्द्र पौडेल निर्वाचित भैसकेकाले समावेशीताको सिद्दान्तअनुसार उपराष्ट्रपतिमा महिला वा अन्यले उम्मेदवारी दिन भनेको थियो । सत्ता गठबन्धन आवद्द दलहरुले राष्ट्रपति खस आर्य समूहबाट निर्वाचित भएकाले फरक समुदायबाट पुरुषले नै उपराष्ट्रपतिमा उम्मेदवारी दिन मिल्ने जिकिर गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण