बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा ६ वटा संगठनद्वारा उम्मेदवारी दर्ता

शनिबार, २७ फागुन २०७९, २० : १२
शनिबार, २७ फागुन २०७९

जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा  ६ वटा संगठनले उम्मेदवारी दर्ता गराएका छन् । अगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिकतर्फ ५ वटा समूहले उम्मेदवारी दर्ता गराएका हुन् ।

क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको लागि लोकतान्त्रिक विद्यार्थी संघ, नेपाल विद्यार्थी संघ, संयुक्त विद्यार्थी गठबन्धन, विद्यार्थी जनमत संघ र स्वतन्त्र विद्यार्थी समुहले उम्मेदवारी दर्ता गराएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका निर्वाचन अधिकृत रेमन्त मरबैताले जानकारी दिए ।

लोकतान्त्रिक विद्यार्थी संघको तर्फबाट प्रत्यक्षतर्फ सभापतिमा प्रशान्त कुमार झा सचिवमा करन साह, कोषाध्यक्षमा अजय कुमार पण्डित र सदस्यमा धिरेन्द्र महतो, अंकित कुमार झा, सिद्धाथ कुमार चौधरी, रिचा कर्ण, लक्ष्मी मिश्र, संतोष कुमार यादव, सरोज कुमार दास र चन्दन कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै समानुपातिक तर्फ गौतम झा, देवेन्द्र कुमार यादव, दिक्षा कर्ण, सोनु कुमार महासेठ, रोहित कुमार महरा, मो. राजावावु दर्जी, सुमित कुमार साह, मिथिलेश कुमार पासवान, रुही कुमारी चौधरी र राजेन्द्र कुमार मण्डलले उम्मेदवारी दर्ता गराएका हुन् ।

1678538865122

नेपाल विद्यार्थी संघको तर्फबाट प्रत्यक्षतर्फ सभापतिमा मनिस कुमार यादव सचिवमा रञ्जित कुमार मण्डल, कोषाध्यक्षमा राकेश कुमार सिंह, सदस्यमा सोनु झा, नविन कुसियैत यादव, मुन्ना कुमार प्रधान, जितेन्द्र यादव, रोशनी कर्ण, दीपेन्द्र महतो, विकास कुमार साह र अभिशेक शर्माले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै समानुपातिकतर्फ राजेश कुमार कर्ण, शुशिल अधिकारी, रंजना यादव, उमेश कुमार मण्डल, युगान्धर वावु साह, दिपेन्द्र साह, वाल्मिकी कुमार साह, मनिषा कुमारी यादव, दिपेन्द्र राउत र राम नविन राय अमात्यले उम्मेदवारी दर्ता गराएका छन् ।

संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट प्रत्यक्षतर्फ सभापतिमा गौतम यादव चोरवार, सचिवमा अजय सिंह कुशवाहा, कोषाध्यक्षमा निरज कुमार गुप्ता र सदस्यमा रुपेश कुमार यादव, अभिनास मण्डल, रवि चौधरी, दयानन्द झा, ऋषि कुमार साह, विकी साह, मिनु झा र मेनुका कार्की रहेका छन् । त्यस्तै समानुपाति तर्फबाट राजु प्रतिहस्त, बृकेश अधिकारी, रामपुकार महताmे अमरावती यादव, काजल अधिकारी, प्रिति साह, पंकज कुमार यादव, राकेश कुमार यादव, मुकेश कुमरा यादव र शंकर प्रसाद साहले उम्मेदवारी दर्ता गराए ।

विद्यार्थी जनमत संघको तर्पmबाट प्रत्यक्षतर्फ सभापतिमा मो.इजाज मोमिन, सचिवमा अजय कुमार दास, कोषाध्यक्षमा सुमन कुमारी सिंह, सदस्यमा राजीव कुमार साह, जयनाथ पण्डित, अनिश साह, रुवी कुमारी यादव, राकेश महरा, कुनाल कापरी, कृति कुमारी झा र पुजा कुमारी मण्डलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै समानुपातिक तर्फ विरेन्द्र कुमार यादव, जयन्ती कुमारी साह, गुनगुन कुमारी साह, विकास यादव, सोनु कुमारी यादव, तनविर रेजा राईन, प्रदिप मंडल, फैजल रहमानी साफी, संदीप कुमार दास र मो. रियाज राईनले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी स्वतन्त्र विद्यार्थी समूहको तर्पबाट प्रत्यक्षतर्फ सभापतिमा कन्हैया कुमार पासवान, सचिवमा राजेन्द्र दास र कोषाध्यक्षमा सिखा कर्णले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै राष्ट्रिय विद्यार्थी परिषद्को तर्फबाट प्रत्यक्षतर्फ सभापतिमा मात्रै अभिषेक साहले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत मोरवैताले जनाएका छन् ।

ummedwari rrm

उम्मेदवारी दर्ता गराएका ६ समूह संगठन मध्ये नेपाली विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघ, विद्यार्थी जनमत संघ, स्वतन्त्र विद्यार्थी समूह र राष्ट्रिय विद्यार्थी समूहले छुट्टा छुटै उम्मेदवारी दर्ता गराएका छन् । भने समाजवादी विद्यार्थी युनियन नेपाल, अनेरास्ववियु विद्यार्थी संघ, अनेरास्ववियु एस, अखिल क्रान्तिकारी, राप्रवि संगठले विद्यार्थी गठबन्धन बनाएर निर्वाचनमा भाग लिएका हुन् ।

निर्वाचनको लागि शुक्रबार समाजवादी विद्यार्थी युनियनको नेतृत्वमा पाँच संगठनले चुनावी तालमेल गरेको हो । उनीहरूले गरेको सहमति अनुसार सभापति पदमा जसपा निकट समाजवादी विद्यार्थी युनियन, सचिव पदमा नेकपा एमाले निकट अनेरास्ववियू र कोषाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सहसचिव र उपसभापति सदस्यहरूको मत परिणाम र समानुपातिकतर्फको मतगणना भइसकेपछि आपसी समझदारीमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीलाई दिने सहमति भएको समाजवादी विद्यार्थी युनियनको केन्द्री सचिव बलिराम कापरीले जनाएका छन् ।

त्यस्तै नेकपा एमाले निकट संगठनले सदस्य पदमा तीन, समाजवादीले दुई, राप्रवि संघ, अनेरास्ववियू क्रान्तिकारी, नेकपा (एस) अनेरास्ववियूले एक÷एक सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै समानुपातिक तर्फ अनेरास्ववियु क्रान्तिकारीले तीन, एमाले अनेरास्ववियूले तीन, समाजवादी विद्यार्थी युनियनले दुई र नेकपा (एस) अनेरास्ववियूले दुई सदस्य वटा सदस्यमा उम्मेदवारी दिएका छन् ।

चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । राराबमा अव त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना छ । नेपाली काँग्रेस निकट नेविसंघ, लोसपा निकट संगठन र पाँच दलीय गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ ।

शनिबार बिहान १० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता भएको थियो । आज दर्ता भएको उम्मेदवारी उपर आइतबार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको निर्वाचन अधिकृत मोरबैताले जनाए । उम्मेदवारको नामावलीमाथि दाबी–विरोध पश्चात उम्मेदवारहरूको अन्तिम नामावली फागुन २८ गते साँझ ५ बजे प्रकाशन गरिने जनाइएको छ।

ummedwari listummedwari list1ummedwari list2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप