शिक्षा नीतिमा परिवर्तन गर्नुपर्छ : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएका छन् । काठमाडौँको बूढानीलकण्ठमा सञ्चालित ज्ञान चक्षु स्कुलको १७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्र प्रविधिमैत्री र प्रतिस्पर्धात्मक हुँदै गएकाले समयानुकूल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
“सरकारी विद्यालयभन्दा निजीस्तरका विद्यालयको शैक्षिक गुणस्तर राम्रो छ, निजी विद्यालयको शुल्क महँगो छ, अभिभावकले तिर्न कठिनाइ भएको छ, राज्यले यसबारे सोच्नुपर्ने बेला आएको छ”, उनले भने। प्रमाणपत्रमुखी भन्दा नेतृत्व गर्ने शिक्षा आजको आवश्यकता भएको उनको भनाइ थियो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कल्पना शर्माले विद्यालयको गुणस्तरलाई उकास्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक तीन वटै पक्षको महत्वपूर्ण भूमिका रहेको बताइन् ।
विद्यालयका प्राचार्य मीनकुमार कोइरालाले विद्यालयले पढाइमात्र नभएर अतिरिक्त क्रियाकलापलाई समेत अगाडि बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताए । कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण