सिटीको जितमा हालाण्डको निर्णायक गोल
आइतबार, २८ फागुन २०७९, ०९ : ११
अर्लिङ हालाण्डको निर्णायक गोलमा म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको हो ।
क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन हालाण्डले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको सिटीका लागि दोस्रो हाफमा हालाण्डले गोल गरेका हुन् ।
खेलको ७८ औं मिनेटमा हालाण्डले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई जित दिलाए । जितसँगै सिटीले २७ खेलमा ६१ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ । क्रिस्टल २७ अंक जोडेर १२ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण