चेल्सीको लगातार तेस्रो जीत
लण्डन । लगातार तेस्रो जीत हासिल गर्दै चेल्सीले प्रिमियर लिगमा आफ्नो पुनरागमन जारी राखेको छ । शनिबार चेल्सीले लेस्टर सिटीलाई ३–१ गोलले हरायो । लेस्टरको यो लगातार पाँचौँ पराजित थियो ।
खेलको ११ औँ मिनेटमा बेन चिलवेलले चेल्सीलाई अग्रता दिलाएका थिए । तर प्याटसन डाकाले लेस्टरका लागि बराबरी गोल फर्काएका थिए । पहिलो हाफको इन्जुरीमा समयमा काई हाभर्टजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । सबै प्रतियोगितामा ८ गोल गरेका हाभर्टज यो सिजन चेल्सीका सर्वाधिक गोलकर्ता हुन् ।
दोस्रो हाफमा मोटेयो कोभाचिचले चेल्सीलाई तेस्रो गोल गर्दै जीत सुनिश्चित गरे । खेलको ८७ औँ मिनेटमा वोट फेइसले दोस्रो पहेँलो कार्ड पाएपछि लेस्टर १० खेलाडीमा सीमित बनेको थियो ।
जीतसँगै चेल्सी ३७ अंकसहित लिगको १० औँ स्थानमा कायम छ भने लेस्टर २४ अंकसहित रेलिगेसन क्षेत्रभन्दा मात्र १ अंकले बाहिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण