रामसहाय यादवले बुझाए आफू विरुद्धको उजुरीमाथिको प्रष्टिकरण
काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले आफूविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीमाथिको प्रष्टिकरण पेश गरेका छन् । आइतबार बिहान नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी विरुद्धको उजुरीको जवाफ पेस गरेका हुन् ।
शनिवार उम्मेदवारी दर्ता गरेपछि एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले संविधानको भावना विपरित राष्ट्रपतिमा पुरुष उम्मेदवार निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने र यादवको उम्मेदवारी संविधान विपरित भएको भन्दै दावी विरोध पेश गरेकी थिइन । सो दावी विरोधमाथि जवाफ पेस गर्दै यादवले संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व गर्नुपर्ने भन्ने व्यवस्था रहेको र ‘वा’ भन्ने शब्दले विकल्प दिएकोले आफू उम्मेदवारको लागि योग्य भएको दावी पेश गरेका छन् ।
उनले संविधानको धारा ७०, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनको दफा १६ को ५ मा भएको व्यवस्थाअनुसार आफू राष्ट्रपति निर्वाचित ब्यक्तिभन्दा फरक समुदायको मधेशी भएको जवाफ पेस गरेका छन् ।
यस्तो छ यादवले पेस गरेको जवाफ :



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण