शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नहुने भन्दै महिला कानुन व्यवसायीद्वारा आयोगको ध्यानाकर्षण

आइतबार, २८ फागुन २०७९, ११ : ५०
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानुन व्यवसायीहरूले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् । 

आइतबार संसद् भवनस्थित राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले निर्वाचन अधिकृत महेश शर्मा पौडेललाई भेटेर यसबारेमा ध्यानाकर्षण गराएका हुन् । उनीहरुले संविधानको धारा ७० लगायत राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानुनले व्यवस्था गरेअनुसार फरक लिङ्ग र फरक समुदाय राष्ट्रपति÷उपराष्ट्रपति हुने व्यवस्थाको बारेमा ध्यानाकर्षण गराउन निर्वाचन अधिकृतको कार्यालय आउनुपरेको अधिवक्ता राधिका खतिवडाले बताइन् । 

उनले उपराष्ट्रपतिमा पुरुषको उम्मेदवार अहिलेको सन्दर्भमा अनुपयुक्त भएकाले खस आर्य बाहेकको महिलालाई उम्मेदवार बनाउनुपर्ने बताइन् । उनले खस आर्यबाट राष्ट्रपतिमा रामचन्द्र पौडेले निर्वाचित भइसकेकाले अब महिला उम्मेदवार बनाउन योग्य रहेको बताइन् । 

अधिवक्ता खतिवडाले संविधानको मर्म र भावना भनेको राष्ट्रपति-उपराष्ट्रपति मध्ये दुई चरण निर्वाचन गर्नुको कारण महिला भए पुरुष र पुरुष भए महिला हुनका लागि रहेको भन्दै पुरुष बाहेकको उम्मेदवारी योग्य रहेको बताइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप