नेपालद्वारा यूएईलाई २४९ रनको लक्ष्य
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाएर २४८ रन बनायो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७७ रनको अर्धशतकीय पारी खेले । ११२ बल खेलेका उनले ९ चौका प्रहार गरे ।
त्यस्तै आरिफ शेखले ४३ रन बनाउँदा गुलशन झाले ३७ रनको योगदान गरे । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाउँदा भिम सार्कीले २९ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । यूएईका लागि जाहोर फ्रिद, आयान खान र रोहन मुस्तफाले दुई–दुई विकेट लिए । त्यस्तै आर्यन लाकर, जुनेद सिद्धकी र जाहोर खानले एक–एक विकेट लिए ।
आजको खेलमा नेपाल जित निकाल्दै एक दिवसीय मान्यता जोगाउनसँगै सोझै विश्वकप छनोटमा स्थान बनाउने अवसरलाई सदुपयोग गर्न चाहन्छ । लिग–२ मा ३३ खेल खेलेको नेपाल ३४ अंक सहित तालिकाको पाँचौं स्थानमा छ । यूएई ३३ खेलबाट ३१ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण