आईसीसी विश्वकप लिग–२
सन्दीपले मुस्तफालाई आउट गराए, नेपालाई पाँचौं सफलता
आइतबार, २८ फागुन २०७९, १४ : ४२

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पाँचौं सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले १४औं ओभरमा आफ्नो पाँचौं विकेट गुमाएको हो ।
नेपालका सन्दीप लामिछानेले रोहन मुस्तफालाई १४ औं ओभरको चौथो बलमा एलबीडब्लू आउट गराएका हुन् । रोहन मुस्तफाले ६ रन बनाए ।
यसअघि नेपालका लागि सोमपाल कामीले आसिफ खानलाई पाँचौं ओभरको पहिलो बलमा ६ रनमा आउट गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमोडा एन्ड जेइकोलेको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक, चीन भ्रमणकाे मौका
-
शिक्षामा कम्तीमा २० प्रतिशत लगानी, कसरी सम्भव छ ?
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
कांग्रेस संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?