महराको ड्राफ्ट प्रचण्डले फेरेपछि माओवादी धार विभाजित
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा तयार भएको ड्राफ्ट प्रधानमन्त्री प्रचण्डले फेरेपछि तीन माओवादी धार अलग भएका छन् । माओवादी नौ धारको बैठकले संयुक्त अपिल तयार गर्न महरालाई जिम्मेवारी दिएको थियो । तर, प्रधानमन्त्री प्रचण्डले संशोधन गरेर तयार गर्न लगाएपछि तीन माओवादी धारले बहिष्कार गरेका हुन् ।
जसमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी छन् । ‘संयुक्त अपिल तयार गर्न महराजीलाई तयार गर्न जिम्मेवारी दिएको थियो । त्यसमा नौ माओवादी धारका नेताहरूले सहमति जनाएका थियौ’ वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले भने, ‘महराजीले तयार गरेको अपिल पुनः प्रचण्ड जीले अध्ययन गर्नुभयो । उहाँले यो हुँदैन यसरी बनाउनुस् भनेर अर्को अपिल तयार गर्नुभयो ।’

प्रचण्डले तयार गरेको अपिलमा सरकारलाई जस दिन खोजेपछि आफूहरूले संयुक्त पत्रकार सम्मेलन बहिष्कार गरेको स्थायी समिति सदस्य गजुरेलले बताए । सरकारको प्रशंसा गर्न खोजिएपछि संयुक्त पत्रकार सम्मेलनमा अर्थ नदेखेपछि सहभागी नभएको बताए । तर माओवादी केन्द्रका प्रवक्ता महराले भने संयुक्त पत्रकार सम्मेलनमा आउने भनिए पनि अन्तिममा सहभागी नभएको बताए । ‘मैले ड्राफ्ट गरेको अपिल चित्त नबुझेर नआएको भन्ने मेरो भाषा होइन,उहाँहरूको भाषा होला मलाई थाहा छैन’ महराले भने ।
अब माओवादी धारको बैठकमा तीन दल सहभागी नहुने भएका छन् । आफ्नै तरिकाले तीन दलले कार्यक्रम र योजना बनाएर अघि बढ्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण