मकवानपुर बहुमुखी क्याम्पसमा नेविसंघको तोडफोड
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयमा विवाद हुँदा नेविसंघको एक समूहले मकवानपुर बहुमुखी क्याम्पस तोडफोड गरेको छ । तोडफोडबाट क्याम्पसका चारवटा झ्यालका सिसा फुटेका छन् । असन्तुष्ट नेविसंघका कार्यकर्ताले क्याम्पस परिसरमा टायर बालेर विरोध गरेका छन् ।
विद्यार्थीहरु तोडफोड र प्रदर्शनमा उत्रिएपछि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । मकवानपुरमा नेविसंघ दुई समूहमा विभाजित छ । एक समूहको नेतृत्व भीषण ठकुरी समूहले गरेको छ भने अर्को समूहको नेतृत्व सुवास सापकोटाको समूहले गरेको छ । स्ववियु निर्वाचनमा ठकुरी समूहलाई मान्यता नदिएपछि सो समूह तोडफोडमा उत्रिएको हो ।
सापकोटा कांग्रेस नेता इन्द्र बानियाँ निकट मानिन्छन् भने ठकुरी नेतृ डीना उपाध्ययायनिकट मनिन्छन् । स्ववियु निर्वाचनमा नेविसंघ अध्यक्ष डुजाङ शेर्पाले ठकुरी समूहलाई आधिकारिक भनेर चिठी पठाएपनि स्ववियु निर्वाचन कमिटीले सापकोटा टीमलाई उम्मेदवार बनाएपछि लफडा भएको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण