मकवानपुर बहुमुखी क्याम्पसमा नेविसंघको तोडफोड

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयमा विवाद हुँदा नेविसंघको एक समूहले मकवानपुर बहुमुखी क्याम्पस तोडफोड गरेको छ । तोडफोडबाट क्याम्पसका चारवटा झ्यालका सिसा फुटेका छन् । असन्तुष्ट नेविसंघका कार्यकर्ताले क्याम्पस परिसरमा टायर बालेर विरोध गरेका छन् ।
विद्यार्थीहरु तोडफोड र प्रदर्शनमा उत्रिएपछि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । मकवानपुरमा नेविसंघ दुई समूहमा विभाजित छ । एक समूहको नेतृत्व भीषण ठकुरी समूहले गरेको छ भने अर्को समूहको नेतृत्व सुवास सापकोटाको समूहले गरेको छ । स्ववियु निर्वाचनमा ठकुरी समूहलाई मान्यता नदिएपछि सो समूह तोडफोडमा उत्रिएको हो ।
सापकोटा कांग्रेस नेता इन्द्र बानियाँ निकट मानिन्छन् भने ठकुरी नेतृ डीना उपाध्ययायनिकट मनिन्छन् । स्ववियु निर्वाचनमा नेविसंघ अध्यक्ष डुजाङ शेर्पाले ठकुरी समूहलाई आधिकारिक भनेर चिठी पठाएपनि स्ववियु निर्वाचन कमिटीले सापकोटा टीमलाई उम्मेदवार बनाएपछि लफडा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको चटारोमा युवा संघ र अनेरास्ववियु, ओलीको ‘ग्रीन सिग्नल’ पर्खिंदै आकाङ्क्षी
-
भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट