मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
उपराष्ट्रपति निर्वाचन

प्रमिला यादवद्वारा उम्मेदवारी फिर्ताको घोषणा

सोमबार, २९ फागुन २०७९, १२ : ३८
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । यादवले सोमवार अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् । उनले एक विज्ञप्ति जारी गरि उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन् । 

विज्ञप्तिमा उनले स्वच्छ छवि र उच्च विचारका राम सहायलाई समर्थन गरेको जनाउँदै उनलाई सहयोग गर्न सबैलाई अपिल पनि गरेकी छन् । उनले आफ्नो उम्मेदवारी प्राविधिक रुपमा हुन गएको भन्दै रामसहाय यादवलाई समर्थन गरेको स्पष्ट पारेकी छन् ।

pramila

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप