चौथो टेस्ट बराबरी, अस्ट्रेलियासँगै भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा
सोमबार, २९ फागुन २०७९, १६ : ३३

एजेन्सी । भारत र अस्ट्रेलियाबीच भएको बोर्डर गावस्कर सिरिजको चौथो र अन्तिम खेल बराबरीमा सकिएको छ । योसँगै भारतले यो सिरिज २–१ ले जितेको छ । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४८० रन बनाएको थियो । जवाफमा भारतले ५७१ रन बनायो । खेलको दोस्रो इनिङ्समा अस्ट्रेलियाले २ विकेट गुमाएर १७५ रन बनाएपछि खेल बराबरीमा सकियो । १ सय ८६ रन बनाएका विराट कोहली प्लेअर अफ द म्याच चुनिए भने रवीचन्द्रन आश्विन प्लेयर अफ द सिरिज बने ।
दुवै टोली विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलमा जुन ७ मा भिड्नेछन् । खेल लण्डनको ओभल स्टेडियममा हुनेछ । दुई टेस्टको शृङ्खलाको पहिलो खेलमा न्यूजिल्याण्डले श्रीलङ्कालाई दुई विकेटले पराजित गरेपछि भारत अंक तालिकामा अगाडि बढ्दै च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने