चौथो टेस्ट बराबरी, अस्ट्रेलियासँगै भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा
सोमबार, २९ फागुन २०७९, १६ : ३३
एजेन्सी । भारत र अस्ट्रेलियाबीच भएको बोर्डर गावस्कर सिरिजको चौथो र अन्तिम खेल बराबरीमा सकिएको छ । योसँगै भारतले यो सिरिज २–१ ले जितेको छ । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४८० रन बनाएको थियो । जवाफमा भारतले ५७१ रन बनायो । खेलको दोस्रो इनिङ्समा अस्ट्रेलियाले २ विकेट गुमाएर १७५ रन बनाएपछि खेल बराबरीमा सकियो । १ सय ८६ रन बनाएका विराट कोहली प्लेअर अफ द म्याच चुनिए भने रवीचन्द्रन आश्विन प्लेयर अफ द सिरिज बने ।
दुवै टोली विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलमा जुन ७ मा भिड्नेछन् । खेल लण्डनको ओभल स्टेडियममा हुनेछ । दुई टेस्टको शृङ्खलाको पहिलो खेलमा न्यूजिल्याण्डले श्रीलङ्कालाई दुई विकेटले पराजित गरेपछि भारत अंक तालिकामा अगाडि बढ्दै च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण