राष्ट्रपति पौडेललाई अमेरिकाले दियो बधाई
सोमबार, २९ फागुन २०७९, १८ : ०८

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ ।
पौडेलले नयाँ राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हाले लगत्तै अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले सोमबार उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रपतिको कार्यालय, शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राधा’ फेरि रिलिज हुँदै
-
आईपीएल : ब्याटिङमा गिल चम्किए, सबैभन्दा बढी क्याच लिने रुतुराज
-
मलेसियामाथि नेपालको जित
-
नातावादको आरोप लागेपछि रुविले भनिन्, ‘प्रसिद्धीले मिहिनेतले उपाधि जितेकी हो’
-
भारत जाने मन्त्रीलाई ठाकुर गैह्रेको सुझाव–‘भारतीय संसद्को नक्साबाट लुम्बिनी हटाउन भन्नुहोला’
-
सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन