शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेललाई भारतीय समकक्षी द्रौपदी मुर्मुले दिइन् बधाई

सोमबार, २९ फागुन २०७९, १८ : ३९
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षी द्रौपदी मुर्मुले बधाई दिएकी छन् । 

पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी हुन्। 

पछिल्लो केही वर्षयता दुई देशबीचको सम्बन्धले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण प्रगति हासिल गरेको र त्यसले दुवै देशका नागरिकलाई लाभ मिलेको शुभकामना सन्देशमा भनिएको छ । 

द्विपक्षीय सम्बन्ध थप मजबुद बनाउनका लागि पौडेलसँग मिलेर काम गर्ने विश्वास लिएको मुर्मुले दिएको शुभकामना सन्देशमा उल्लेख छ। 

rr

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप