जब रक्सी खाएर अमिताभ बच्चनलाई भेट्न पुगेका थिए कपिल शर्मा
कपिल शर्मा आजकाल आफ्नो नयाँ फिल्म ज्विगाटोका लागि निकै चर्चामा छ । अभिनेताले यो फिल्मको प्रोमोसनमा केही कमी बाँकी राखेका छैनन् । यस्तै यति बेला अभिनेता–हास्य कलाकारकाले आफ्नो निजी जीवनबारे पनि मज्जाले खुलासा गरिरहेका छन् । कपिलले एक अन्तरवार्तामा अमिताभ बच्चनलाई भेट्न आफूले मादक पदार्थको सहारासमेत लिनुपरेको बताए । यद्यपि, पछि उनले आफ्नो यस्तो व्यवहारका लागि माफी पनि मागे ।
रक्सी खाएर अमिताभलाई भेटे
कपिल शर्मा डिप्रेसनबाट पनि गुज्रिएको कुरा धेरैलाई थाहा छ । हालै एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा कपिल शर्माले आफू कुनै बेला जति बेला पनि रक्सीले मातेको अवस्थामा हुने गरेको बताए । उनले भने, ‘यो त्यस्तो समय थियो कि म कसैलाई भेट्नसमेत आँट गर्न सकिरहेको थिइनँ । मलाई यस्तो एङ्जाइटी हुन्थ्यो कि घरबाट बाहिर निस्कन पनि डर लाग्थ्यो ।’
यस्तै, एउटा घटना स्मरण गर्दै कपिलले भने, ‘म कहिल्यै मातेर बस्ने खालको थिइनँ । तर त्यति बेला सार्वजनिक स्थलमा जाँदा वा कसैसँग सामना गर्न पनि डराउन थालेको थिएँ । त्यसैले मैले रक्सी पिउन थालेँ । एक सुटका लागि अमिताभ बच्चनलाई भेट्नु पर्ने थियो तर म त्यसका लागि आँट गर्न सकिरहेको थिइनँ । बच्चन साहबले आफू बिहान आउन लागेको बताउनुभयो । मेरो फिल्मका लागि भोइस ओभरका लागि आउन लाग्नु भएकोले उहाँको स्वागत गर्नु मेरो कर्तव्य थियो । म घरबाट बाहिर निस्कन सकिरहेको थिइन । अवस्था त्यस्तो भएकोले मलाई लाग्यो कि २ (ड्रिङ्क) सट लिँदा राम्रो होला ।’
अमिताभसँग माफी मागे
कपिलका अनुसार अमिताभ बच्चन सुटका लागि लोकेसनमा बिहान ८ बजे नै पुगिसकेका थिए । कपिल आउनु अघि नै उनले आफ्नो डबिङ पनि सकाइसकेका थिए । कपिलले अमिताभलाई भेट्न इच्छा देखाए । कपिलले भने, ‘मैले बच्चन साहबलाई भेटेर धन्यवाद दिन चाहेको कुरा राखेँ । मैले उनी भए ठाउँ गएर उहाँको खुट्टा छुँदै धन्यवाद भनेँ । तर भित्र भित्रै राम्रो महसुस भइरहेको थिएनँ । ’
उनका अनुसार त्यसको भोलिपल्ट उनले मेसेज लेखेर माफी मागे । कपिलले लेखे, ‘सर, सरी मैले यसरी तपाईँको अगाडि आउनु हुँदैनथ्यो । ’ त्यसपछि अमिताभले जवाफ फर्काउँदै लेखे, ‘जीवन चुनौतीकै अर्को नाम हो । त्यसैले तपाईँ पुनः उठेर उभिनुहोस् ।’
कपिलको फिल्म ज्विगाटो १७ मार्चमा रिलिज हुँदै छ । यो फिल्मलाई नन्दिता दासले निर्देशन गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण