चिनियाँ राष्ट्रपतिद्वारा पौडेललाई बधाई
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी चिनफिङले बधाई दिएका छन् । राष्ट्रपति पौडेललाई मंगलबार शुभकामना सन्देश पठाउँदै सीले उनले विकास र समृद्धि उन्मुख युगौं युगसम्मको मैत्रीपूर्ण चीन–नेपाल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई निरन्तर अगाडि बढाउने इच्छा व्यक्त गरे ।
उनले उच्च गुणस्तरको ‘बेल्ट एण्ड रोड’ निर्माणको क्रमलाई अघि बढाउँदै मानवीय आदानप्रदान तथा सहयोगका क्षेत्र विस्तार गर्ने क्रममा सँगसँगै अघि बढ्ने अपेक्षा गरे ।
सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएयता नेपाल र चीनबीचको सम्बन्ध निरन्तर स्वस्थ तथा स्थिर रुपमा अघि बढिरहेको चिनियाँ राष्ट्रपति सीको भनाइ छ । सीले यो सम्बन्धले ठूला र साना देशबीच शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको उदाहरण देखाएको उल्लेख गरे ।
दुई देशबीचको राजनीतिक विश्वासलाई मजबुत बनाउनका लागि राष्ट्रपति पौडेलसँगै मिलेर काम गर्ने इच्छा रहेको उनको पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण