बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस भित्रैबाट बीपीमाथि अन्याय भइरहेको छ : महामन्त्री  थापा

मङ्गलबार, ३० फागुन २०७९, १८ : ३२
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाटबीपी कोइरालामाथि अन्याय भइरहेको टिप्पणी गरेका छन् । आजको समस्या समाधान गर्न पनि बीपी कोइरालाले नै भनि दिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु बीपीमाथि नै कांग्रेसले अन्याय गर्नु रहेको उनको तर्क थियो । 

नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौँमा सुरु भएको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरुले काम नपाउने चुनौती आज रहेको र त्यसको समाधान बीपी कोइरालाको भनाइलाई खोजेर गर्न नसकिने स्पष्ट पारे । उनले हाम्रो भागको समस्याको समाधान हामी आफैंले गर्नुपर्ने भन्दै त्यसमा लाग्न पनि ट्रेड युनियन काँग्रेसका पदाधिकारीहरुलाई सचेत गराए । 

महामन्त्री थापाले बीपी कोइराला काँग्रेसका लागि मूल विचारधाराको स्रोत भएपनि आजको चुनौती हामी आफैंले समाधान गरेर अघि बढ्नुपर्ने बताए । उनले पार्टीभित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको पनि बताए । त्यसका लागि आफूले केही वैचारिक छलफल चलाउन खोजेको तर त्यसमा पार्टी भित्रैबाट साथ नपाएको महामन्त्री थापाको गुनासो थियो । उनले वैदेशिक रोजगारीमा जान दिने अनि त्यसो गर्नु गलत छ भनेर मुलुकलाई अघि बढाउन नसकिने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप