काबुलमा हतियारको भण्डार फेला
मङ्गलबार, ३० फागुन २०७९, २० : ४१
काबुल । अफगानिस्तानको राजधानी काबुलमा हतियारको भण्डार फेला पारेको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ । सोमबार साँझ काबुल शहरको प्रहरी जिल्ला (पीडी) ३ को एक घरबाट हतियारको भण्डार फेला परेको हो ।
त्यहाँबाट प्रहरीले तीन मेसिनगन, १२ थान कलाश्निकोभ, एक रकेट लगायतका विभिन्न हातहतियार बरामद गरेको छ । प्रोपेल्ड ग्रेनेड, हजारौं गोली, कारतूस र अन्य सैन्य उपकरण फेला पारिएको प्रहरी प्रमुख हाज्जी शिर अली जन्दुल्लाहले जानकारी दिए ।
आइतबार यस्तै कारबाहीमा, प्रहरीले उत्तरी कुन्दुज प्रान्तमा १२० थान ह्यान्ड ग्रेनेड र हजारौं गोली सहित ठूलो परिमाणमा हतियार र गोलाबारुद बरामद गरेको थियो ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण