शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

आत्मघाती बम विस्फोटमा सोमालियामा चारजना सैनिकको मृत्यु

मङ्गलबार, ३० फागुन २०७९, २१ : ५९
मङ्गलबार, ३० फागुन २०७९

मोगादिसु । दक्षिणी सोमालियामा मङ्गलबार भएको आत्मघाती आक्रमणमा कम्तीमा चार सैनिकको मृत्यु हुनाका साथै क्षेत्रीय गभर्नरसहित नौ जना घाइते भएका छन् । बर्धेरे जिल्ला आयुक्त मोहम्मद वली युसुफले फोनमा पत्रकारहरूलाई दिएको जानकारीअनुसार अल–शबाब आतङ्ककारीहरूले गेदो क्षेत्रको बर्धेरे सहरमा रहेको क्षेत्रीय अतिथि गृहमा आत्मघाती कार बम हमला गरेको बताएका छन् ।

विस्फोटक पदार्थले भरिएको गाडीमा आएका अतिवादीहरूले प्रहरी चौकी नजिकै रहेको गेस्ट हाउसमा आक्रमण गर्दा भवनको अधिकांश भाग ध्वस्त भएको पनि उनले बताएका छन् । पछिल्लो आक्रमणको जिम्मेवारी अल–शबाब चरमपन्थीहरूले लिएका छन् । यसैबीच स्वतन्त्र स्रोतले भने अझ बढी हताहत भएको बताएको छ ।

सोमाली राष्ट्रिय सेना र क्षेत्रीय अधिकारीहरूले यस क्षेत्रमा लडाकुहरू विरुद्ध कारबाही गर्ने तयारी गरिरहेका बेला उक्त आक्रमण भएको हो ।-(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप