छाप्रोमा बस्न बाध्य छन् कैदीबन्दी
दाङ । सय जना कैदीबन्दी क्षमता रहेको कारागार कार्यालय घोराहीमा अहिले ३ सय ९३ जना कैदीबन्दी छन् ।
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुलाई बसोबासमा निकै समस्या परेको कारागार प्रशासनको भनाइ छ । कारागार कार्यालयका घोराहीमा कैदी १४६ जना र बन्दी २४७ जना छन् ।
साँघुुरो संरचना, दिनानु दिन कैदीबन्दीको संख्या थपिँदै जानुुले व्यवस्थापनमा समस्या बढ्दै गएको छ ।
कारागारका चौकीदार आनन्द कुमार शाहले भने, ‘कारागारको क्षमताभन्दा तेब्बर कैदीबन्दी हुुँदा कैदीबन्दीहरुले कारागारभित्रको सानो टिनको छाप्रो मुनिको भुइँमा दिनरात बिताउनुु परेको छ ।’
कैदीबन्दीहरु छाप्रो मुनि दिनरात बिताउँदा घामपानी छल्न गाह्रो हुनका साथै भुुसुना, मच्छरले समेत सताउने गरेको उनी बताउँछन् । उनले थपे, ‘भित्र टिनको छाप्रोमा बस्नु पर्दा हिउँदमा चिसोले कठ्याङ्ग्रिने, गर्मीमा टिनले पोल्ने गर्छ ।’ जसले गर्दा स्वास्थ्यमा पनि समस्या हुने गरेको उनको भनाइ छ ।
क्षमताभन्दा बढी कैदीबन्दी भएकाले दैनिक नुुहाइ–धुुवाइ तथा सरसफाईमा समेत निकै समस्या हुने गरेको उनले सुनाए । उनले रातोपाटीसँग भने, ‘शौचालय जान समेत लाइन बस्नुुपर्ने बाध्यता छ ।’
तर राज्यले कैदीबन्दीहरुको समस्यालाई समस्याका रुपमा नलिई सजायका रुपमा लिँदा आफूहरुका लागि काराबासको सजाय कष्टकर बनिरहेको उनले सुनाए ।
कारागार प्रशासनका अनुुसार न्याय सम्पदानको काम छिटो छरितो नहुुँदा कारागारमा कैदीबन्दीको संख्या बढ्दै गएको हो । कारागार कार्यालयका घोराहीका जेलर लक्ष्मणसिंह राठोरले भने, ‘अदालतले न्याय सम्पादनलाई तीब्र तुल्याउन सके कैदीबन्दीहरुको चाप घट्ने थियो । तर कहिलेकाही महिनौंसम्म पनि बन्दीहरुको पेसी चढ्दैन, फैसला हुुन पनि महिनौं लाग्छ ।’
जसका कारण सीमित संरचनामा लामो समयसम्म कैदीबन्दीलाई व्यवस्थापन गर्नुुपर्ने बाध्यता रहेको उनले सुनाए ।

दिनानु दिन कैदीबन्दीको संख्या थपिँदै गए पनि कारागार परिसरभित्र सीमित संरचना छन् । संरचना निर्माणको काम राज्यले गर्न नसक्दा टहरा, छाप्रो व्यवस्थापन गरी कैदीबन्दीहरुलाई राख्नुपर्ने बाध्यता रहेको जेलर राठोर बताउँछन् ।
भौगोलिक सुुगमताका कारण पनि कारागार कार्यालय घोराही अन्य कारागारभन्दा सुविधा सम्पन्न मानिन्छ । तर संरचना निर्माणको अभावका कारण कैदीबन्दीहरुको बसोबास कष्टकर बनिरहेको उनी बताउँछन् ।
उनले भने, ‘संरचना निर्माणको काम थप आवश्यक छ । त्यो भन्दा पनि समुदायस्तरमा हुुने कानुुन विपरीतका काम नियन्त्रण तथा न्युनीकरणका लागि सामाजिक सचेतनाको विकास निकै आवश्यक छ ।’
कारागार कार्यालय घोराहीको कैदीबन्दी विवरण :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण