शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पाल्पामा ग्यास सिलिन्डर पड्किँदा एक घाइते

बुधबार, ०१ चैत २०७९, ०९ : ००
बुधबार, ०१ चैत २०७९

काठमाडौं । पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका  छन्। बगनासकाली गाउँपालिका ८ बराङ्दीमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पडकिदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी छिन् ।

घाइते घिमिरेको हात र मुखमा सामान्य चोट लागेको छ भने घरमा सामन्य क्षति भएको छ । स्थानीयको सहयोगमा आगो निभाइका कारण थप क्षति हुनबाट रोकिएको छ।  घटनाबारे थप विवरण आउन बाँकी छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप