इमरान खान समर्थक र प्रहरी बीच झडप जारी, इमरानले भने – गिरफ्तारीको आधार छैन
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न लाहौर पुगेका प्रहरी अधिकारीको इमरानका समर्थकसँग झडप अहिले पनि जारी छ ।
इस्लामाबाद पुलिसले इमरान खानलाई विगत केही सातादेखि पक्राउ गर्ने प्रयास गरिरहेको छ र इमरान खानका समर्थकहरूले प्रहरीको लगातार विरोध गरिरहेका छन् ।
पछिल्ला केही घण्टामा प्रहरी र इमरान खानका समर्थकबीच झडप बढ्दै गएको देखिन्छ ।
पिटिआई नेता मुराद सईदले बुधवार बिहान प्रहरीले एक पटक पुनः लाहौरको प्रतिष्ठित इलाकामा रहेको इमरान खानको जमन पार्क आसातर्फ अघि बढ्न सुरु गरेको दाबी गरेका छन् ।
यसअघि इमरान खानले आफ्ना समर्थकहरूलाई भनेका छन्, ‘मैले १८ मार्चमा अदालतमा उपस्थित हुने लिखित आश्वासन दिएको छु । यो आश्वासन पत्रमा मेरो हस्ताक्षर छ । यस्तो अवस्थामा मलाई पक्राउ गर्ने प्रयासको कुनै आधार छैन ।’
इमरान खानले लाहोर हाई कोर्टको बार एसोसिएसनका अध्यक्ष इश्तियाक–ए–खानलाई स्योरिटी बन्ड दिएको र यसलाई उनले अदालतमा पेस गर्ने बताएका छन् ।
उनले भने, ‘मैले अराजकताबाट जोगिनका लागि स्योरिटी बन्डमा हस्ताक्षर गरेको छु । यस्तोमा अब मेरो गिरफ्तारीको कुनै आधार छैन । उनीहरू लन्डन प्लानलाई लागू गर्न जुनसुकै अवैध कदम उठाउनका लागि तयार छन् । ’
लन्डन प्लानको उनको आशय पिएएल–एन प्रमुख नवाज सरिफतर्फ थियो । उनको दाबी अनुसार पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको आदेशमा उनी विरुद्ध षड्यन्त्र रचिएको हो ।
बीबीसी संवाददाता फरहत जावेदसँग कुरा गर्दै इमरान खानले आफू जेल जान तयार रहेको बताएका छन् । यसका साथै, जमान पार्कमा प्रहरीको कारबाही सुरक्षा निकायको सहमतिबिना सम्भव नभएको उनको आरोप छ ।
यसैबीच, पाकिस्तान सरकारले इमरान खानको आरोपलाई अस्वीकार गर्दै पूर्व प्रधानमन्त्रीले अदालतमा उपस्थित हुनबाट बच्न हिंसा भड्काइरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण