दुई हजारभन्दा बढी विदेशी विद्यार्थीले स्नातक तहको चिकित्सा शिक्षा पढ्न पाउने
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको विदेशी समूह, सशुल्क र छात्रवृत्ति लगायतका समूहको सिट बाँडफाँट गरेको छ । देशभरका २३९ शिक्षण संस्थाहरूले यो वर्ष स्नातक तहमा ७ हजार ६५९ सिट बाँडफाँट गरिएको छ । जसमा २ हजार २३ जना विदेशी विद्यार्थीका लागि सिट छुट्टाइएको आयोगले जनाएको छ । त्यसमा सबैभन्दा बढी एमबीबीएस अध्ययनका लागि छुट्टाइएको छ । जसमा ५५७ सिट तोकिएको छ ।
त्यस्तै बीएसन नर्सिङका लागि ३४९ सिट, बीएनएसका लागि २९२ सिट, बीपीएचका लागि २३२ सिट, बी फार्मका लागि २२८ सिट, बीडीएसका लागि १७५ सिट विदेशी विद्यार्थीका लागि तोकिएको छ । शुल्क तिरेर ३ हजार २८२ ले स्नातक तह चिकित्सा शिक्षा पढ्न पाउनेछन् । त्यस्तै पूर्ण छात्रवृत्तिमा २ हजार २४९ जनाले पढ्न पाउने छन् । त्यस्तै ५५ प्रतिशत छात्रवृत्तिका लागि १ हजार २३५ सिट, ४५ प्रतिशत छात्रवृत्तिका लागि १ हजार १४ सिट तोकिएको आयोगले जनाएको छ ।
आयोगले यसअघि २३ फागुन २०७९ मा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रम र शिक्षण संस्थाहरूमा सिट निर्धारण गरेको थियो । सोही आधारमा ३० फागुन २०७९ मा बसेको कार्यकारी समितिको बैठकले विदेशी समूह, सशुल्क र छात्रवृत्ति (खुला तथा आरक्षण) लगायतका समूहको सिट बाँडफाँट गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण