कलाकार संघको अध्यक्षकी उम्मेदवार रेजिनाले सार्वजनिक गरिन् प्यानल र एजेन्डा
काठमाडौँ । चलचित्र कलाकार संघको अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले आफ्नो प्यानल सार्वजनिक गरेकी छन् । बुधबार एक पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले ११ बुँदे घोषणा पत्रसहित प्यानल समेत सार्वजनिक गरेकी हुन् ।
उप्रेतीको प्यानलमा उपाध्यक्षमा शिबहरी नेपाल बैरागी, सरिता गिरी, महासचिवमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा बिनोद कुमार भट्टराई सदस्यमा रञ्जना खड्का खुस्बु, खिन्न भण्डारी भोला, निर्मल स्याङताङ, लक्ष्मण चौलागाई, इश्वर बल्लभ उप्रेती, दिल ब दोङ, रामकुमार कार्की, राजेश गोसाई, नितु कोइराला, भिमसेन बजगाई र दिनेश अवाल रहेका छन् ।
कलाकारको हकहितका लागि म होइन, हामी भनेर काम गर्नका लागि आफू कलाकारको संघको अध्यक्ष उम्मेदवार बनेको रेजिनाले बताइन् । उनले भनिन् ‘अग्रजलाई सम्मान, समकालिनलाई साथ र नयाँ पुष्तालाई हौसला र माया दिँदै कलाकार संघमा अगाडि बढ्नेछु ।’
घोषणा कार्यक्रममा वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, वरिष्ठ निर्देशक नारायण पुरी, निर्देशक राजेन्द्र खड्गी, अभिनेता रमेश उप्रेती लगायत थुप्रै कलाकर्मीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा रेजिनाले सार्वजनिक गरेको ११ बुँदे घोषणा पत्रमा कार्यालय व्यवस्थापन तथा सञ्चालन, सदस्यता व्यवस्थापन, संघको वेभसाइट ब्याबस्थापन, भवन व्यवस्थापन तथा सञ्चालन, सदस्यको अभिनय वृत्ति विकास, स्वास्थ्य उपचार योजना, पेन्सन योजना, कल्याणकारी कोष वृद्धि योजना, अन्तरक्रिया तथा गोष्ठी, संघको शाखा बिस्तार र कलाकारको सामाजिक सुरक्षा रहेका छन् ।
संघको महाधिवेशन तथा निर्वाचन आगामी चैत ४ गते आयोजना हुँदैन । संघको अध्यक्षमा रेजिना सहित मोहन निरौला पनि उम्मेदवार बन्दैछन् । रेजिना र मोहन वर्तमान कार्यसमितिका उपाध्यक्ष पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण